२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

केसीको सहयोगले दाउरा बटुल्ने परिवारमा दसैँको खुसी

निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष विमल केसीको सहयोगले नेपाल भारतको सीमावर्ती क्षेत्रमा दाउरा बटुलेर बिहान साँझको जोहो गर्ने घरपरिवारमा दसैँको खुसी आएको छ।

दसैँमा ज्याला मजदुरी तथा भारतीय जंगलबाट दाउरा बेची दैनिक जीवनयापन गर्दै कष्टकर जिवन विताइरहेका २१ घरपरिवारलाई केसीले खाद्यान्नसहितका सामग्री सहयोग गरेका छन्।

निर्माण व्यवसायी संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष तथा निर्माण व्यवसायी केसी गुलरियाका स्थानीय हुन्।

उनले बिहीवार सप्तमीको दिन विपन्न परिवारलाई घरमै पुगेर २५ किलोग्राम चामल, सोयावीन, नुन, तेल, दाल र नगद १ हजार रुपैयाँ सहयोग गरेका थिए।

गुलरिया नगरपालिका वडा नं. १ गाउँ नम्बर १६ की पुतली सुनारले सहयोग पाइसकेपछि दसैँ भित्रिएको सुनाईन्।

यस्तै, खाद्याान्न जोहोले घरमा खुसी छाएको गुलरिया नगरपालिका वडा नं. १ केरावारीका अगुरी बन्जाराले सुनाईन्। 

प्रकाशित: २५ आश्विन २०८१ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App