२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

८२ लागे बलिवुड महानायक

बलिवुडका महानायक अमिताभ बच्चन ८२ औँ वर्षमा प्रवेश गरेका छन्।

सन् १०४२ अक्टुबर ११ का दिन भारत उत्तर प्रदेशको इलाहावादमा जन्मेका अमिताभ बलिवुडमा सबैभन्दा बढी मन पराउने अभिनेता हुन्।

१९६९ मा भ्वाइस न्यारेटरको रुपमा बलिवुडमा आएका अमिताको पहिलो चलचित्र आनन्द हो। उनले हालसम्म २ सयभन्दा बढी चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेका छन्।

१९७० देखि ८० को दशकमा उनको माग बलिवुड चलचित्रमा स्वर्ण समय रह्यो। उनले दिवार, सोले, अम्बर अकवर एन्थोनी, जन्जीर, दोस्ताना, चुपके चुपके, डन, मुकदर का सिकन्दर जस्ता अनगिनत हिट चलचित्रमा उनले अभिनय गरेका छन्।

पछिल्लो समय उनलाई कल्की र हालै रिलिज भएको रजनीकान्तको वेट्टैयामा देखिएको छ।

अमिताभ ८२ को उमेरमा पनि निकै सक्रिय छन्।

बलिवुड अभिनेत्री जया बच्चनसँग विवाह बन्धनमा बाँधिएका अमिताभ ८२ को उमेरमा पनि निकै फिट छन्।  

प्रकाशित: २५ आश्विन २०८१ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App