२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भिमफेदीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते, छ को अवस्था गम्भीर

हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको उनले बताए।

दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण केहीबेर अवरुद्ध रहेको सो सडक अहिले सञ्चालनमा रहेको उनले बताए।

प्रकाशित: २३ आश्विन २०८१ २२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App