६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा पुनः मेलम्चीको पानी वितरण सुरु

काठमाडौं उपत्यकामा आज (मंगलबार) बाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरेका हुन्।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ।

स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दसैंपछि बोलाएर सम्बोधन गरिने जनाए।

गत वर्षको वर्सातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो। यस वर्ष दसैंको अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो।

यो पनि पढ्नुहोस्

मेलम्चीको पानी एक दिन बिराएर वितरण गर्न मन्त्री यादवको निर्देशन

प्रकाशित: २२ आश्विन २०८१ १८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App