२४ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि श्रीमती संघ र सञ्चय कोषले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका छन्।

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेकी छिन्। 

प्रकाशित: २२ आश्विन २०८१ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App