२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

बुढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा आइतबार प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिएको थियो।

मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भई तत्कालै बुढीगंगामै रहेको विराट शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले दिउँसो पौने ३ बजेतिर मृत घोषित गरेको डिएसपी जोशीले बताए।

मोटरसाइकल चालक सोही गणमा कार्यरत ३० वर्षीय युशन राई घाइते भएका छन्। धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका उनको विराटमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० आश्विन २०८१ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App