६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लम्बियो मनसुन, दसैंमा पानी पर्न सक्ने

नेपालमा यसवर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले सेप्टेम्बर  २३ अर्थात् असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात् असोज १६ गते  मनसुन बाहिरिन सक्ने अनुमान गरे । 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले यसपालिको मनसुन केही दिन लम्बिने बताएकी छन् ।

मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्नेछ ।

बिस्तारै मनसुन बाहिरिने भएकाले अक्टोबर २ अर्थात् घटस्थापनाको अघिल्लो दिनसम्म नेपालबाट मनसुन बाहिरिन्छ । त्यस अवधिसम्म झरी लगातार त पर्दैन तर मनसुन पनि नसकिने  मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनका  अनुसार अक्टोबर २ को एक हप्तासम्म चाहिँ मनसुन नेपालबाट बाहिरिने छ । घटस्थापनापछि दुई-चार दिन हल्का पानी परे पनि दसैंको टीकाको दिन भने पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ ।

प्रकाशित: ६ आश्विन २०८१ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App