५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः विद्यार्थीहरुका लागि पढाइमा रुचि बढ्ने छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ। स्वास्थमा सुधार आउने छ।

वृष राशिः यात्रा सफल छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। विभिन्न विलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। वैदेशिक पढाइ र शुभ कार्यको समय छ।

मिथुन राशिः वाणी प्रवाभ बढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। केही धन सन्चित हुने समय छ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने योग छ। बाैद्धिक्ताको वृद्धि हुने देखिन्छ।

कर्कट राशिः विद्यार्थीहरूका लागि पढाइ सफल हुनेछ। उदर रोग देखापरी स्वास्थमा हल्का बाधा आउला। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारमा राम्रो छ। यात्रा गर्दा धन आर्जन हुने योग छ।

सिंह राशिः धन आर्जन हुने योग देखिन्छ। यात्राको समय रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। स्वास्थ्यमा केही धन खर्च हुने समय छ। विचार पु¥याएर गर्नु होला।

कन्या राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। आर्थिक लाभ हुने दिन रहेको छ। उन्नततिशील समय छ। भूमि लाभको योग छ। सामान्य यात्राको योग देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि  अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखापर्न सक्ने छ। साथीहरुमा खर्च हुने देखिन्छ। व्यापार गर्नेलाई भने दिन राम्रो छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ।

वृश्चिक राशिः सम्मान प्राप्त हुने दिन छ। राम्रो फल दिने समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफन्तहरुसँग भेटघाट हुनेछ।

धनु राशिः कडा पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा गर्नेलाई उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा समान्य धन व्यय हुने समय छ। विद्यार्थीलाई पढाइमा रुचि बढ्ने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

मकर राशिः विद्या अध्ययनमा मन बढ्ने छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य विकार आउने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने समय छ। मित्रबाट कार्य सिद्धि हुनेछ।

कुम्भ राशिः विद्यार्थीका लागि पढाइको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने र आफ्नो प्रभुत्व बढाउन सफल भइने छ। धर्ममा रुचि देखिन्छ। व्यवसायमा लगानी गरेमा श्रमको उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः वैचारिक मेलको योग रहेको छ। धार्मिक कार्यमा रुचि देखिन्छ। विदेश यात्राको योग रहेको छ। विद्यार्थीलाई पढाइमा रुचि बढ्ने छ। समाजिक पद मिल्ने छ। व्यवसायमा फल प्राप्तिको समय छ।

प्रकाशित: ५ आश्विन २०८१ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App