४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार

कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ।

मंगलबार राति दोहनी चौराहामा रहेको आफ्नो आफ्नो हार्डवेयर पसल बन्द गरेर सोही वडाको बर्गदवा स्थित घर तर्फ गइरहेको रामानन्द चौधरीलाई मोटरसाइकलमा आएका लुटेराहरूले छडले  आक्रमण गरी लु ४६ प १०८४ नम्बरको सुपर स्पिलिन्डर मोटरसाइकल र मोबाइल लुटेर लगेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए।

लुटेराहरूले जबरजस्ती मोटरसाईलक रोक्न लगाई उनीमाथि आक्रमण गरेको थिए। लुटेराहरूको आक्रमणबाट घाइते भएका चौधरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले बताए। २ जनाको संख्यामा रहेको लुटेराहरूको खोजी भइरहेको उनले बताए।

पीडित चौधरीले आफूलाई २ जनाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र लुटेरासँगै अरु ३ जना समेत रहेको बताए। चौधरीको बायाँ हात भाँच्चिएको र टाउकोमा गहिरो चोट लागेको छ।  

प्रकाशित: ३ आश्विन २०८१ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App