२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सहरीको सरुवामा बेथिति

सहरी विकास मन्त्रालयले शुक्रबार मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग मातहतका विभिन्न ठाउँमा २३ जना आयोजना प्रमुखहरूको सरुवा गरेको छ। केही ठाउँमा सिनियर डिभिजन इञ्जिनियर (उपसचिव सरह) लाई सरुवा गरी उनको ठाउँमा इञ्जिनियर (शाखा अधिकृत सरह) का कर्मचारीलाई कायम मुकायम दिइएको छ।

मन्त्रालयले संघीय आयोजना कार्यान्वयन इकाई र सघन सहरी तथा भवन आयोजनामा कार्यरत आयोजना प्रमुखहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरेको छ। धुनषाका आयोजना प्रमुख सिडिइ प्रदीप खनाललाई कैलाली पुर्‍ याइएको छ भने ओखलढुङ्गामा कार्यरत  इञ्जिनियर विनोद यादवलाई धनुषा लगिएको छ।

यादवलाई धनुषा आयोजना  लगे पछि  पछि धनुषामै कार्यरत उनी भन्दा दुई जना सिनियर कर्मचारी श्रवनकुमार यादव र सञ्जयकुमार महतोलाई व्यवस्थापन गर्न समस्या उत्पन्न हुने भएको छ। यादव फायल बढुवाबाट इञ्जिनियर भएका हुन्। मन्त्रालय स्रोत भन्छ, यादवलाई धनुषमा लग्ने कि नलग्ने भन्ने दुबै  विषयमा मन्त्रालयका उच्च कर्मचारीहरूमाथि राजनीतिक तहबाट  दबाब सिर्जना गरिएको थियो।

यसैगरी पर्सास्थित सघन सहरी तथा भवन निर्माण आयोजनका आयोजना प्रमुख सिडिइ विनोद सिंहलाई विभागमा तानेर उनको ठाउँमा इञ्जिनियर सतरी आलमलाई जिम्मेवारी दिइएको छ। आलम फायल बढुवाबाट इञ्जिनियर भएका हुन्।

मोरङका आयोजना प्रमुख सुरेन्द्र साहलाई सप्तरी र सप्तरीका आयोजना प्रमुख प्रदीप सिंहलाई मोरङ लगिएको छ। सप्तरी भन्दा मोरङ आकर्षक मानिन्छ। पोखराका आयोजना प्रमुख सुरोज पौडेललाई ओखलढुङ्गा र कैलालीका आयोजना प्रमुख रमेश थिंगलाई झापा लगिएको छ। झापाका आयोजना प्रमुख इञ्जिनियर सुदीप पौडेललाई विभाग तानिएको छ।

बागलुङकी आयोजना प्रमुख सुनिता श्रेष्ठलाई पोखरा लगिएको छ। बागलुङ भन्दा पोखरा आकर्षक मानिन्छ। बागलुङमा कृष्ण महर्जनलाई लगिएको छ। क्षेत्रीय सहरी विकास आयोजनामा कार्यरत प्रविण साहलाई दाङमा लगिएको छ। डोटीका आयोजना प्रमुख इन्जिनियर मानबहादुर परियारलाई विभाग तानिएको छ। हाल त्यहाँ खाली राखिएको छ। यसैगरी रुपन्देहीमा मन्त्रालयबाट राजु न्यौपानेलाई लगिएको छ भने रुपन्देहीमा कार्यरत धर्मेन्द्र पन्थीलाई त्यहाँबाट सरुवा गरिएको छ।

नेपालगञ्ज र सुर्खेतमा पुरानै कर्मचारीलाई थमौती गरिएको छ।  हाल नेपालगन्जमा इञ्जिनियर रामकृष्ण आचार्य र सुर्खेतमा कलम दर्लामी कार्यरत छन्। सुर्खेतमा झण्डै २ अर्ब रुपैयाँको योजना छ। तर त्यहाँ इञ्जिनियर सरहका कर्मचारीलाई आयोजना प्रमुख बनाइएको छ। धनकुटामा कार्यरत सुमन मिश्रलाई चलाइएको छैन। दाङका आयोजना प्रमुख खड्ग चौधरीलाई विभागमा तानिएको छ।

विभागका एक उच्च कर्मचारी भन्छन्,‘यस पटक  गरिएको सरुवामा केही ठाउँमा प्रष्ट्रसँग अनियमितता देखिएको छ। कार्यसम्पादन मूल्याङ्कन भन्दा पनि अन्य विषयले प्राथमिकता पाएको देखिएको छ।’ ती कर्मचारीका अनुसार सरुवामा विभागका महानिर्देशक मच्चकाजी महर्जनसँग सरसल्लाह नगरी मन्त्रालय हाबी भएको देखिएको छ। यस अघि विभागका मातहतका कर्मचारीहरूका सरुवा गर्दा विभागका महानिर्देशकसँग सरसल्लाह लिने गरिएको थियो।  

प्रकाशित: २८ भाद्र २०८१ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App