२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

तनहुँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर बिहीबार एक वृद्धको मृत्यु भएको छ।

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०८१ १८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App