१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

साढे चार लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ

  धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष र वडासचिव घुस रकमसहित पक्राउ परेका छन्।  

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिइसकेको अव्यवस्थमा वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

कार्यालय सहयोगी मण्डलमार्फत् घुस लिएको सूचना पाएपछि वडा कार्यालय पुगेको अख्तियारको टोलीले मण्डलको साथबाट चार लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका ८ घर भएका एकजना सेवाग्राहीले उनको वडा नम्बर–२४ स्थित बसहियामा जग्गाको घरबाटो सिफारिसका लागि कार्यालय सहयोगी मण्डलमार्फत उक्त रकम बुझाएका थिए ।

प्रकाशित: २५ भाद्र २०८१ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App