राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एकजनाको शव भेटिएको छ।
शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ।
भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए।
प्रकाशित: २३ भाद्र २०८१ १९:४५ आइतबार