३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

एक क्विन्टल गाँजासहित एक पक्राउ

प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ। भारत लैजान लागिएको उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार को २ ह ४०४१ नम्बरको अटो ट्याम्पोमा प्लास्टिकका ३ वटा बोरामा प्याक गरी राखिएको १ सय २० किलो गाँजा फेला परेको थियो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) नोचाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।

गाँजा लैजाँदै गरेका धनकुटा साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय अटो चालक दिनेश राईलाई प्रहरीले पक्राउ गरेको छ। अटोमा सवार दुईमध्ये चालक मात्रै पक्राउ परेका हुन् भने अर्का व्यक्ति फरार रहेका छन्। फरार व्यक्तिको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका चालक र बरामद भएको गाँजा तथा अटो ट्याम्पो इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइ गरी आवश्यक अनुसन्धान थालिएको छ।

प्रकाशित: २२ भाद्र २०८१ २०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App