१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर साेमबार बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते  भएका थिए।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ।-रासस

प्रकाशित: १७ भाद्र २०८१ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App