२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

'वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड'

भौतिक पूर्वाधार बनाउँदा वन्यजन्तु मैत्री बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिइएको छ।

पूर्व पश्चिम राजमार्ग बिस्तार, रेलवे लाइन सिचाई बिद्युत उत्पादन केन्द्र निर्माण र प्रसारण लाइन लगायत पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री बनाउनु पर्नेमा सरोकारवालाहरूको जोड छ।

पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा दुर्घटना हुने तथा वन्यजन्तुको अकाल मै ज्यान जाने जस्ता घटना हुन थालेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नको लागि बुटवलमा आयोजित लुम्बिनीमा प्रदेशस्तरीय कार्यशालामा बोल्ने वक्ताहरूले जोड दिएका हुन्।

सवारी साधनसँग ठोक्किएर, नहरमा डुबेर करेन्ट लागेर लगायतका कारणले जीवजन्तुहरू मर्ने गरेका छन्। २०२१/०२२ मा कुल ४ सय ५८ जङ्गली जनावर मृत्यु भएकोमा २४ प्रतिशत ठोक्किएर मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो। बवई सिचाई आयोजनामा २०७८/०७९मा १८ वन्यजन्तु डुबेर मरेका थिए।

१ हजार २७ किमीको पूर्व पश्चिम अन्य जीवजन्तुहरू समेत मर्ने गरेका छन्। वन्यजन्तुका लागि पूर्वाधार निर्माण गर्दा बजेट समेत न्यून लाग्ने समेत जानकारी गराइएको थियो।  कार्यक्रममा सहभागी रहेका रुपन्देही बुटवल उप महानरपालिका, र्सैनामैना नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिकाका प्रमुख र प्रतिनिधि वन अधिकारी, सडक निर्माण इन्जिनियर, वन विशेषज्ञहरूले पूर्वाधार निर्माण गर्दा मानव बस्ती, जीवजन्तुहरुलाई विशेष ख्याल गर्न पर्ने बताए।

सडकहरू बनाउँदा वन्यजन्तुको लागि अन्डरपास राख्नुपर्ने, सिँचाईको लागि निर्माण गरिने कुलो, नहरमा दुर्घटनामा परेका वन्यजन्तु माथि उक्लिन मिल्ने गरी बनाउनुपर्ने, विद्युतीकरण गर्दा तारहरूमा स्टिकर लगाउनुपर्ने लगायतका कुराहरूमा ध्यान दिन आग्रह गरेका थिए।

जनप्रतिनिधिहरू भने वन क्षेत्रमा कुनै पनि संरचना बनाउन संघीय वन ऐनले राेकेको भन्दै गुनासो गरे । कार्यशालामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वन र सरकारको समन्वय नहुँदा बनमा कुनै पनि कार्यक्रम हुन नसकेको बताए। उनले वन क्षेत्रका सरकारले फेरीबाट यकिन गरी काम अघि बढाउनु पर्ने बताए। ठुला परियोजनाहरू संघीय सरकारको मातहतमा रहने भएकाले यो कुरामा संघीय र प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए।

कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख अजय थापाले वनको कानुन जनता भन्दा माथि रहेको आफुले महसुस गरेको बताए। उनले वन र तीनै तहका सरकारको समन्वयको अभाव महसुस गरिरहेको बताउँदै छाडा चौपायाले अव्यवस्थित तरिकाले सडकमा हुँदा दुर्घटना भएकोले गौचरण माग गरिएको बताए। पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो पालिकमा ७७ प्रतिशत बढी वन क्षेत्र रहेको बताउँदै वन्यजन्तुको कारणले स्थानीयलाई निकै समस्या परेको बताए। उनले यसको दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए।

बुटवल गोरुसिङ्गे सडक निर्माण आयोजनाका प्रमुख होम बहादुर क्षेत्रीले पहिलो चरणमा बुटवल देखि कपिलवस्तुको ईमिलिया सम्म ५० किमीको बाटो निर्माण हुने बताए। उनले बस्ती क्षेत्रमा ५० मिटर र वन क्षेत्रमा २५ मिटरको हिसाबले सडक निर्माण हुने बताउँदै अहिले ६ स्थानमा वन्यजन्तुको लागि अन्डर पास निर्माण हुने बताए। लुम्बिनी प्रदेश बन निर्देशनालयका बन निर्देशक दधि कँडेलले वन संरक्षण र वन्यजन्तु मैत्री पूर्वाधार निर्माणमा सबैले सहयोग गर्नु पर्ने बताए। 

देशमा बनेका कानुनको फरक फरक व्याख्या गदै समस्या उत्पन्न भएको बताए।

सैनामैना नगरपालिकाका अधिकृत केशवराज अर्यालले पालिकाले कार्यविधि बनाएको बताउँदै अझै कानुन बन्न नसकेको बताए। उनले संघीय कार्यविधिलाई टेकेर कार्यविधि बनाएको बताए। प्रदेश पूर्वाधार प्राधिकरणका इन्जिनियर शंकर सुबेदीले सबैले कानुन निर्माण गरेर मात्रै ती कानुन कार्यान्वयन नहुने बताए। उनले निर्माण सँगै सम्बन्धी कानुनको बारेमा सोही क्षेत्रका व्यक्तिहरूलाई राखेर जानकारीमूलक छलफल गर्नुपर्ने बताए।

कार्यक्रममा डाक्टर रोशन शेरचनले प्राकृतिक स्रोत संरक्षणमा रेखीय पूर्वाधारका असर तथा असल अभ्यास, चितवन राष्ट्रिय निकुञ्जका दिल बहादुर पुर्जा पुनले वन्यजन्तु मैत्री पूर्वाधार निर्माणको कार्यविधि र स्थानीय स्तरमा यसको महत्त्व र पुरुषोत्तम खतिवडाले स्थानीय कानुन तथा नीतिहरूमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माणको मूलप्रवाहिकरण विषयक प्रस्तुतीकरण गरेका थिए। 

आर्थिक बर्ष २०८९/०८० सम्म राष्ट्रिय राजमार्ग दुई लेन सम्म कालोपत्रे ७ हजार ६७५ किमी निर्माण गरिएको तथा २०८५/०८६ सम्म १३ हजार ६०५ किमी गर्ने  सरकारको लक्ष्य छ। २ लेन माथि २०७९ सम्म २ सय ३० र २०८५/०८६ सम्म १ हजार ८० किमी बनाउने लक्ष्य छ। पूर्व पश्चिम राजमार्गको स्तरोन्नति एसियाली विकास बैकको सहयोगमा झापाको काकडभिटा देखि सुनसरीको लौकाही सम्म १ सय २० किमी चितवनमा १ वटा उचालिएको मार्ग, नारायणघाट बुटवल र गोरुसिङ्गे कञ्चनपुर सडक।

विश्व बैकको सहयोगमा कमला ढल्केवर पथलैया सडक १ सय ३० किमी ५० किमी बुटवल ईमिलिया सडक बनाउने तयारी छ। अहिले जलवायु परिवर्तनबाट विस्थापित र बाढी , चोरी सिकारी र वन्यजन्तु व्यापार, बन डढेलो लगायतका चुनौतीहरू छन्। पूर्वाधार संरचना सडक, सिचाई नहर, बिद्युत् प्रसारण लाइन, रेल मार्ग वन्यजन्तु मैत्री नहुँदा बास स्थानको ह्रास र खण्डीकरण, जङ्गली जनावर र वाहन ठोक्किँदा अनाहकमा जीवजन्तु मर्ने गरेका छन्।  

प्रकाशित: १६ भाद्र २०८१ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App