२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल आयल निगमको डिपोमा एकजनाको हत्या

धनुषामा नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएकाे छ। 

जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहा घर भएका ४० वर्षीय राकेश बर्माकाे हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर आयल निगमको कोठाभित्र वादविवादको क्रममा उनको हत्या भएको हाे। उनी ज्यालादारी कर्मचारी रहेकाे बताइएकाे छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८१ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App