२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

बँदेल मारेको आशंकामा पूर्वडीआईजी, बहालवाला सईसहित १० जना पक्राउ

सप्तरीमा बँदेल मारेको आशंकामा पूर्व डीआईजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी पलार क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गरेको ट्याक्टर र स्कार्पियोमा सवार चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई बुधबार मध्यराति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरीले जनाएको छ।  

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ भाद्र २०८१ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App