१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पूर्व पश्चिम लोकमार्गमा सोमबार दुई सवारी साधन ठोक्किँदा रौतहटमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान उमहानगरपालिका १५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ११ का विवश सापकोटा रहेको प्रहरीले जनाएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित राजमार्गको धनसर पुलनजिक पश्चिमबाट पूर्वतर्फ गइरहेको टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुई सवारी साधन एकापसमा ठोक्किँदा मृत्यु हुनेमा दुवै जना मोटरसाइकलमा सबार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

बागमती प्रदेश ०३–००१ च ५३१  नम्बरको यात्रुवाहक टाटा सुमो र प्रदेश १–०२–०४३ प  ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

घटनामा मृत्यु भएका दुवै जनाको शवलाई पोस्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा पु¥याइएको छ। पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जनाएका छन्।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटना लगत्तै टाटा सुमोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०८१ १८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App