वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।
सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो कुरा बताएका हुन। उनले कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको बताए। उनले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि गौरा पर्वले भुमिका खेल्दै आएको बताए ।
वनमन्त्री ठकुरीले गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको बताए । उनले गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गरो भन्दै सबैलाई शुभकामना दिए ।
प्रकाशित: १० भाद्र २०८१ १८:१९ सोमबार