१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते

भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आइतबार बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको उक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ।

तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिको टायरमा धक्का मारेपछि बस दुर्घटना परेको भनिएको छ। दुर्घटनामा बसको एक्सल टुटेको छ। जसमा अनियन्त्रित हुँदा बस सडकमै पल्टिएको छ।

बसमा ४३ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यात्रुहरू बारा जिल्लाका रहेको बुझिएको छ।

प्रकाशित: ९ भाद्र २०८१ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App