१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वरिष्ठ अहेब हिमा र वरिष्ठ अनमी सरस्वतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्याङ्जा र कपिलवस्तुमा कार्यरत दुई वरिष्ठ अहेब र अनमिविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर लाभ लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार स्याङ्जाको गल्याङ नगरपालिकास्थित गजत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ अहेब (अधिकृत छैठौं) पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा वरिष्ठ अनमी निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध आरोप पत्र दायर गरेको हो ।  

न्यौपानेले जागिर गर्न भारत उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्बाट उत्तीर्ण गरेको भनिएको हाइस्कुल तहको शैक्षिक प्रमाणपत्र झुटा रहेको अख्तियारको दाबी छ । करापु उपस्वास्थ्य चौकी लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ताको दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई जगत्रदेवी स्वास्थ्य चौकीको वरिष्ठ अहेब पदसम्म कार्यरत रहँदा लाभको भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।  

यस्तै क्षेत्रीले अनमी विषय लिएर राष्ट्रिय स्वास्थ्य लालिम केन्द्र पोखराबाट एसएलसी उत्तीर्ण गर्दा, रजिष्टर्ड अनमीको नेपाल नर्सिङ काउन्सिलबाट प्रमाणपत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौ तहमा बढुवा हुँदा र नेपाल स्वास्थ्य सेवाको छैठौं तहमा स्तरवृद्धि हुँदा प्रस्तुत गरेको माध्यमिक शिक्षा परिषद् भारत उत्तर प्रदेशबाट हाईस्कुल परीक्षा पास गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।   

अख्तियारले न्यौपाने र क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै  विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्रकाशित: ६ भाद्र २०८१ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App