४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा पनि मनाइयो गाईजात्रा

सर्लाहीको विभिन्न ठाउँमा नेवार समुदायले गाईजात्रा मनाएका छन्। गत एक वर्षमा दिवङ्गत भएका मानिसका आफन्तहरूले मङ्गलवार गाईजात्रा पर्व मनाएका हुन्।

गाईजात्रामा वडाध्यक्ष द्वय शुक्रबहादुर पाख्रिन र टोपबहादुर श्रेष्ठसमेतको सहभागिता रहेको थियो।

वडा नम्बर ६ बाट निकालिएको गाईजात्रा भीमेश्वर गुठीमा पुगेर सम्पन्न भएको थियो। गुठी परिसरमा गुठी सञ्चालक समितिका अध्यक्ष सूर्यकुमार श्रेष्ठको अध्यक्षता तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो। गाईजात्रा तथा लाखेनाच व्यवस्थित रुपमा सम्पन्न भएको भन्दै नेवार समुदायले सन्तोष प्रकट गरेका छन्।

यसै गरी लालबन्दी १३ पत्थरकोट छेडा गाउँमा पनि गाईजात्रा मनाइएको छ। दिवङ्गत भएका आफन्तको सम्झना गर्दै लाखे नाच्दै छेडा गाउँ परिक्रमा गरेर गाईजात्रा मनाइएको हो। सर्लाहीको अन्य भागमा पनि गाईजात्रा तथा लाखेनाच मनाइएको छ।

काठमाडौँ उपत्यकाबाट सुरु भएको गाईजात्रा तथा लाखेनाच मनाउने चलन बिस्तारै नेवार समुदायको बसोबास रहेको देशको अन्य ठाउँमा पनि मनाइन थालिएको छ। सर्लाहीको विभिन्न भागमा नेवार समुदायको बसोबास रहेको छ। 

प्रकाशित: ४ भाद्र २०८१ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App