४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालगन्जमा मनाइयो गाईजात्रा

नेपालगन्जमा मंगलबार बिहान निकालिएको गाईजात्रा। तस्बिर: नागरिक

नेपालगन्जमा धूमधामका साथ गाईजात्रा मनाइएको छ। गाईजात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिन्छ। नेपालगन्जका नेवार समुदायले आफ्ना दिवङ्गत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्।

नेवाः पुचः बाँकेको आयोजनामा नेपालगन्जको सुर्खेत रोडबाट निकालिएको गाईजात्रा उपमहानगरको विभिन्न भाग हुँदै बागेश्वरी मन्दिरको पार्कमा पुगेर समापन भएको थियो।

नेपालगन्जमा मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदायले गाईजात्रा निकालेका थिए।

सो क्रममा बाजासहित मानिसलाई विभिन्न आकृतिमा सजाएर जात्रा प्रदर्शन गरियो। यस वर्ष विभिन्न १० जना परिवारले आफ्ना परिवारका सदस्य तथा आफन्तको सम्झनामा संयुक्त रुपमा गाईजात्रा निकालेको नेवाः पुचः बाँकेले जनाएको छ।

नेपालगन्ज क्षेत्रमा नेवार समुदायको बसोबास उल्लेख्य मात्रामा बढ्दै गएको छ। आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न हरेक वर्ष नेवाः पुचः बाँकेले गाईजात्रा निकाल्दै आएको छ। 

प्रकाशित: ४ भाद्र २०८१ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App