१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सरकारले बँदेलपछि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए।

सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो। अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए। उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्शानी पु¥याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए।

मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण,खानेपानी,जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए।

उनले मन्त्रालयले अब वनको कारणले आयोजनाहरुको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको बताए। सरकाले जलवायु परिवर्तनको विषयमा गम्भिर भएर काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित: २ भाद्र २०८१ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App