७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

महिला ज्येष्ठ नागरिक र जलवायु परिवर्तन नयाँ मुद्दा

बियोन्ड बेइजिङ कमिटीको प्लस ३० राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौंमा हुँदैछ। एक दिवसीय सो सम्मेलन दुई सत्रमा हुनेछ। पहिलो सत्रमा विभिन्न १४ विषयमा कार्यशाला हुने र दोस्रोमा कार्यशालाबाट प्राप्त निष्कर्षको विषयमा औपचारिक छलफल हुने आयोजकले जनाएको छ ।

छलफलपछि काठमाडौं घोषणापत्र पनि जारी गरिने आयोजकको भनाइ छ। सम्मेलनबारे जानकारी दिन बिहीबार पत्रकार भेटघाट गरिएको थियो। त्यसक्रममा यो वर्षको सम्मेलनमा थप दुई विषय नयाँ मुद्दा हुने जानकारी दिइएको थियो। तीन मुद्दा हुन्– महिला ज्येष्ठ नागरिक र जलवायु परिवर्तन । कमिटीको ३०औं वार्षिकोत्सवका अवसरमा उक्त सम्मेलन गर्न लागिएको हो।

सम्मेलनले गर्ने निर्णयको समीक्षापछि काठमाडौं घोषणापत्र जारी हुने र त्यसलाई आगामी मार्चमा अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ६९औं सत्रमा पेस गर्ने कमिटीले जनाएको छ । विश्व महिला सम्मेलनले प्राथमिकता तोकेका १२ विषयको कार्य प्रगतिको कार्यान्वयन र प्रगतिको समीक्षा गर्ने उद्देश्यले नेपालमा सन् १९९५ मा नेपालमा बियोन्ड बेइजिङ प्लस कमिटी गठन भएको थियो।

महिला गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिलाविरुद्ध हुने हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासका लागि संस्थागत संयन्त्रहरू, महिलाको मानवअधिकार, महिला र सञ्चार, बालबालिका, महिला ज्येष्ठ नागरिक र जलवायु परिवर्तन छन्। पछिल्ला दुई मुद्दाबाहेक १२ वटा सन् १९९५ मा चीनमा सम्पन्न विश्व महिला सम्मेलनले प्राथमिकता तोकेका मुद्दा हुन्।

यी विषयमा सम्बन्धित राष्ट्रहरूले गरेका नीतिगत तथा कार्यान्वयनको अवस्थाबारे हरेक पाँच वर्षमा समीक्षा गरी नेपाल सरकार र नागरिक समाजका तर्फबाट आगामी मार्चमा सम्पन्न हुने संयुक्त राष्ट्रसंघीय महिला स्थितिसम्बन्धी आयोगको ६९औं सत्रमा पेस गर्नुपर्छ। सोही प्रक्रियाअनुसार नेपालले पनि हरेक पाँच वर्षमा समीक्षा प्रतिवेदन पेस गर्नुपर्छ।

नेपालसहित विश्वभरि महिला ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएको भविष्यमै महिला ज्येष्ठ नागरिकको जनसंंख्या धेरैै हुने भएकाले यो मुद्दाको नीतिगत सुरक्षाका लागि छलफलमा समावेश गरिएको आयोजक कमिटीकी अध्यक्ष कृष्णकुमारी वाइबाले बताइन्।

उनका अनुसार नेपालमा ज्येष्ठ नागरिकको विषयमा थुपै्र कार्य भइरहे पनि यसकोे औचित्य र थप आवश्यकताबारे छलफल हुनुपर्ने बताइन्। महिला ज्येष्ठ नागरिक माथि हुने लैंगिक र उमेरगत विभेदबाट मुक्त गरी सम्मान र सुरक्षित भविष्य सुनिश्चत गर्ने गरी कार्यशाला सम्पन्न हुने अपेक्षा लिएको अध्यक्ष वाइबाले बताइन्।

‘६० वर्ष पूरा भएका महिलाका सवालमा छलफल गरेनौं भने उनीहरूका मुद्दा बहिष्करणमा पर्छन्,’ उनले भनिन्, ‘यो उमेर समूहको मुद्दा बहिष्करणमा पर्न जान्छ।’ त्यसैगरी यो वर्ष नै सम्मेलनमा जलवायु परिवर्तनको मुद्दा पनि समेटिएको हो।

राष्ट्रिय सम्मेलनअगावै सातै प्रदेशमा छलफल भइसकेको र प्रमाणीकरणपछि दोस्रो सत्रमा समीक्षा भई तयार गरिएको मस्यौदालाई काठमाडौं घोषणापत्र जारी गर्र्ने र त्यही घोषणापत्र नेपाल सरकारका सबै तह, निकायमा पैरवी गन उपयोग गरिने जनाइएको छ।

घोषणापत्रका आधारमा लैंगिक समानता, बालिका र महिला सशक्तीकरणको सवालमा थप जोडका साथ महिला र बालबालिकाका आवाज स्थानीय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउन अवसर प्रदान गर्ने कमिटीले जनाएको छ।

सम्मेलनको प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह र शिक्षामन्त्री विद्या भण्डारी, सिड कमिटीकी सदस्य बन्दना राणा विशेष अतिथि रहनेछन्।

त्यसैगरी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर सम्मेलनमा आदिवासी, जनजाति, दलित, सीमान्तकृत, मुस्लिम समुदाय, अपांगता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक र यौैनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा विभिन्न क्षेत्रका विज्ञहरू, पेसाकर्मीहरू, महिला, मानव अधिकारकर्मीहरू सहभागी हुनेछन्।

प्रकाशित: ३२ श्रावण २०८१ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App