२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

संस्कृति प्रवर्द्धनका लागि बुटवल उपमहानगरले बनायो उजिरसिंह फल्चा

बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले फल्चा निर्माण गरेको छ।

बुटवल वडा नं. ५ स्थित हाटबजार लाइनको उत्तर तर्फ ढुंगेधारासहितको उजिरसिंह  फल्चा निर्माण गरिएको हो।

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्येस्यले फल्चा  निर्माण गरीएको बताए। नेवार संस्कृति र परम्पराको संरक्षणका लागि फल्चा निर्माण गरिएको बताउँदै उनले अन्य जातजातीको परम्परा, संस्कृति झल्कने संरचनाहरु पनि निर्माणको क्रममा रहेको बताए।

नगरका विभिन्न स्थानमा फल्चा, चौतारी, विश्रामस्थलहरु निर्माण गरी नगरको ऐतिहासिक तथा सांस्कृति पहिचान उजागर गरीने उनले बताए।

नगरको सौन्दर्यीकरणका लागि सरसफाइ, छाडा चौपाया नियन्त्रण, मुख्य सडकका दाँयाबाँया हरियाली बनाउने, ठाँउ ठाँउमा पिउने पानी, सार्वजनिक शौचालय निर्माणका कामहरु अगाडी बढेको नगरप्रमुख पाण्डेयले बताए।

बुटवल बसपार्कको सुधार अभियान अन्र्तगत स्नानघर सहितको सुविधासम्पन्न सार्बजनिक सौचालय निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

रात्रीकालिन बजार संचालनकालागि उज्यालो बुटवल अभियान अन्तर्गत २३ स्थानमा हाइमास्ट लाइट जाडान गरिएको छ भने बाँकी स्थानमा हाइमास्ट लाइट जडानको काम भइरहेको छ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्न योग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थल, स्थानिय सम्पदा र संस्कृतिको संरक्षण र प्रबद्र्धनका कार्यक्रमहरु अगाडी बढाइएको बताइन्।

नगरका प्रवक्ता शिव रानाले बुटवललाई सबै जातजातीको अपनत्व हुने गरी सांस्कृतिक महत्त्व झल्काउने खालका संरचनाहरु निर्माण भइरहेको बताए। वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाइ समेटेर लैजान सांस्कृतिक महत्वका संरचना निर्माणलाई प्राथमिकतामा राखेको बताए।

प्रकाशित: २९ श्रावण २०८१ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App