१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो।  नवलपुरको दाउन्नेमा सोमवार राति सडक भासिएको थियो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ। सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो।

प्रकाशित: २९ श्रावण २०८१ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App