१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको मृत्यु आमा गम्भीर घाइते

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुटवलको बेलबासमा सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र लु ८५ प ३१३३ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सो घटनामा स्कुटर चालक बुटवल उपमहानगरपालिका  १३ का २३ वर्षका अंकृत पाठकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पाठकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

मृतककी आमा ४३ वर्षीया गौमुखी पाठक र मोटरसाइकल चालक कपिलवस्तुको बाणगंगा घर भएका १८ वर्षका सागर थारु गम्भीर घाइते भएका छन्। दुवै जनाको उपचार भइरहेको र पाठकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अंकृत आफ्नी आमालाई लिएर सोमबार बिहानै बोलबम मन्दिर जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएको स्थानीयले बताएका छन्।

प्रकाशित: २८ श्रावण २०८१ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App