२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा स्कुल बस दुर्घटना: घाइतेहरूको पहिचान खुल्यो (नामसहित)

पोखरमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ।

आज बिहान करिब ८ः ५५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा तर्फ आउँदै गरेको देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

यो पनि पढ्नुहोस्

पोखरा स्कुल बस दुर्घटनाः कार्यालय सहयोगी र उनका ५ वर्षीय छोराको मृत्यु

दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती विक र सोही विद्यालयमा पढ्ने उनका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका पोखरा महानगरपालिका २१ कृष्तीका वर्ष ९ का अनमोल बि.क., सोही स्थानका वर्ष ५ का रोशन बराल, रामदी बस्ने वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृती कार्की, एकहाते बस्ने वर्ष ६ का प्रिन्स राना, रामदी बस्ने वर्ष ७ की चिजा बि.क., वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की विसिका पौडेल, वर्ष ११ का विश्वास पौडेल, एकहाते बस्ने वर्ष १२ की सिम्रन बि.क. र वर्ष ११ का विवश खत्रीको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ।

वर्ष ८ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ को रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सितादेवी बि.क., वर्ष ७ का अस्मित बि.क. र वर्ष ३० की सुमित्रा सुनार, वर्ष २ का निर्दोष सुनार, वर्ष ३० की सपना आले (शिक्षक), वर्ष ११ का निश्चल सुनारको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै पोखरा महानगरपालिका १७ बिरौटाका बस चालक वर्ष ५५ का टेक बहादुर भुजेल, पोखरा २१ रामदीका ८ वर्षका निशान सुनार, वर्ष ५ का सागर थापाको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।

प्रकाशित: १४ श्रावण २०८१ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App