२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नक्कली नोटसहित दुई युवक पक्राउ

नक्कली नेपाली रुपैयाँसहित सर्लाहीबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

शुक्रबार १ हजारका १३ थान नक्कली नोटसहित प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुरबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८, गोडैता निवासी २४ वर्षीय इमामुल हक दर्जी र सोही गाउँका ३२ वर्षीय नजरे आलम रहेका छन्।

प्रहरीका अनुसार बिहीबार राति पौने १० बजेतिर बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट भेटिएपछि पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल पनि बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

प्रकाशित: ११ श्रावण २०८१ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App