४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सौर्य विमान दुर्घटना: १५ जनाको घटनास्थलमै, तीन जनाको अस्पतालमा मृत्यु

सौर्य एयरलाइन्स विमान दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले तीन जनालाई उद्धार गरी केएमसी अस्पताल पुर्‍याएको थियो। उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो।

सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०८१ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App