सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड आजदेखि रातिको समय बन्द हुने भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भाँसिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आज साँझ ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको बताए।
उनले उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा पनि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने बताए।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भाँसिएकाले एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा रहेको छ।
प्रकाशित: ९ श्रावण २०८१ ०९:५९ बुधबार





