२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला। साथीहरुबाट धन खर्च हुने योग देखिन्छ। रमाइलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः अध्यनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ। उपलव्धिपूर्ण आर्थिक लाभ छ।

मिथुन राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। जग्गासम्बन्धी काममा धन आर्जन हुने योग छ। स्वास्थ्य अनुकूल नहुन सक्छ। यात्राको समय रहेको छ।

कर्कट राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ। सामान्य रोग देखापर्न सक्ने छ। पारिवारिक सदस्यहरूबीच शुभ सम्वन्ध रहने छ।

सिंह राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रहरूबाट कार्यसिद्धि योग रहेको छ। स्वास्थ्यका कारणले धन खर्च हुनेछ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कन्या राशिः व्यापारको राम्रो फल प्राप्त हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। नयाँ कार्यमा बाधा केही आउने छ। व्यर्थमा धन खर्च हुने समय छ। अध्ययनको क्षेत्रमा राम्रो छ। वाणी प्रभाव वढ्ने योग छ।

तुला राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

वृश्चिक राशिः धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न विलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त योग छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ।

धनु राशिः उद्योगको क्षेत्रमा आर्थिक लगानी गरे मनग्गे नाफा मिल्ने छ। आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ। अग्रजमा सामान्य चर्म रोग देखापर्न सक्ने छ। केही धन खर्च हुने योग देखिन्छ।

मकर राशिः आफन्तसँग शुभ भेटघाट हुनेछ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ। व्यर्थ धन खर्च हुन सक्ने हुँदा, जोगिनु होला। ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ।

कुम्भ राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। देशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यका कारणले धन खर्च हुने समय देखिन्छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

मीन राशिः पारिवारमा सुमधुर सम्वन्ध रहने छ। विद्यार्थीहरूका लागि पढाइ दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव वढ्ने छ।

प्रकाशित: ५ श्रावण २०८१ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App