२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सडकले फेरियो चितपोलको चित्र, स्थानीय भन्छन् : अब गाडी चलोस्

सडक पुगेपछि फेरिएको भक्तपुरको चितपोल क्षेत्र । तस्बिर : कृष्ण किसी/नागरिक

कुनै बेला भक्तपुरको विकट क्षेत्र भनेर चिनिन्थ्यो चितपोल। जिल्लाको पूर्वमा काभ्रेसँंग सीमा जोडिएको साविकको चितपोल गाउँं विकास समिति (हालको सूर्यविनायक नगरपालिका वडा नं १० चितपोल)मा पहिला एम्वुलेन्ससम्म पुग्न नसकिने अवस्था थियो। कुनै बेला दुर्गम ठाउँको रुपमा परिचित चितपोल क्षेत्र अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नतिले मुहार नै फेरिंदै गएको छ। 

‘चार दशक अघिदेखि भक्तपुरको रिङरोडको रुपमा परिकल्पना भएको यहाँंको बाटो यसअघि नाममात्रको  थियो, स्थानीय बृद्ध उतम खडकाले सम्झे, यहाँं बर्खामा होइन, हिउँदमा पनि एम्वुलेन्ससम्म आउनसक्ने अवस्था थिएन । तर अहिले कालोपत्रे भएर मुहार नै फेरिएको छ।’ भक्तपुर चक्रपथ अन्तर्गतको सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिकाको ताथली लगायतका गाउँ जोड्ने सडक अहिले पक्की र कालोपत्रे भएको छ।  

४० वर्ष अगाडि खुलेको सडकमा पर्याप्त बजेट अभावमा केही वर्ष अघिसम्म हिंडडुल गर्न पनि सकस थियो। तर अहिले कालोपत्रेपछि हरेक काम सहजै गर्न सकिने भएको स्थानीय बताउँछन्। २०६३ सालमा ट्रयाक खोलेको यो सडकमा १८ वर्षपछि कालोपत्रेले पूर्णता पाएको हो। सडक कालोपत्रे भएसँगै चित्तपोलका तीन हजार पाँंच सय घरधुरीले सहजता अनुभव मात्रै गरेका छैनन्, गाउँमै सरकार आएको अनुभूति गरेका छन्।  

भक्तपुरको चितपोल क्षेत्रमा सडक कालोपत्रे हुँदै। तस्बिर : कृष्ण किसी/नागरिक

संघीय सरकार र नगरपालिकाको बजेटलाई मिलाएर कूल तीन करोडको लागतमा ६ मिटर चौडा ३.५ किलोमिटर सडक कालोपत्र र ढलान गरी पक्की बनाइएको हो। यसका कारण स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ।  

सडक बनेपछि स्थानीयमा खुसीको सीमा छैन। स्थानीय नवीन खड्काले अस्तिसम्म पनि भीर जस्तै सडक अहिले सडक फराकिलो मात्रै नभई सफा अनि चिल्लो भएका कारण आनन्द आएको बताए।  अव थप उनीहरुको एउटा इच्छा छ, भाडाको सवारीसाधन चलोस्। सडक बनेपछि सवारीसाधन नचल्दा पूरै कालोपत्रे चिल्लो सडक सुनसान जस्तै छ अहिले।  

काभ्रेको साँगा नेपाल प्रहरी स्कुलबाट सुरु हुने सूर्यविनायक नगरपालिका–१० भंगाल हुँदै खड्का गाउँ सल्लाघारी चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामिण रिङरोड सडक कालोपत्र र ढलान भएको हो। सूर्यविनायक नगरपालिका शहरी पूर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेले यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण सम्पन्न गरेको र अहिले सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको बताए ।  

भक्तपुरका दुई नगरपालिका र तत्कालिन १६ वटा गाउँ विकास समिति जोड्ने गरी यो सडकको रेखांकन ४० वर्षअघि गरिएको थियो। सीमित बजेट विनियोजन गर्दै सडक निर्माण र स्त्तोरन्नतीको काम हुँदै आएको यहाँ राज्य पुर्नसंरचना भएपछि चित्तपोल सूर्यविनायक नगरपालिका–१० वडा खुम्चिन पुग्यो।  

सुन्दर भक्तपुरको चितपोल बस्ती । तस्बिर : कृष्ण किसी/नागरिक

सीमित स्रोत साधनका बावजुद वडाको विकासमा पूर्वाधार निर्माणले गति लिन नसकेपछि स्थानीयले मुख्य प्राथमिकतामा सडकलाई पारेको सूर्यविनायक नगरपालिका वडा नं १० का वडा अध्यक्ष शिवराम राउत बताउँंछन्। ग्रामीण रिङरोड सडक पक्की र कालोपत्रे गर्न सफल भएर सडक संजालले पूर्णता पाएपछि स्थानीयले सहज दैनिकी जीउन थालेको उनले जनाए।

गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको स्थानीय बताउँछन्। तरकारी लिन गाउँमै गाडी आउन थालेपछि अहिले गाउँकै मुहार नै फेरिएको उनीहरुको भनाइ छ। ४० वर्ष अगाडि ट्रयाक खुलेको यो सडकमा एक टिप ग्राइबेल समेत नगरेको अवस्थामा अहिले कालोपत्र गर्न सफल हो।  

सडकसँगै स्थानीयको जनजीवन फेरिन थालेको छ। सडक पूर्वाधारको विकासले यहाँ शहरीकरण बढदै गएको छ।

प्रकाशित: ३ श्रावण २०८१ १८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App