२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक वर्षमा १० करोडभन्दा बढी राजश्व सङ्कलन, ११ सय ४५ निवेदनमध्ये ६०२ टुङ्गियो

जनकपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व सङ्कलन गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ९८.४४ प्रतिशत राजश्व सङ्कलन गरिएको भन्सार कार्यालय धनुषाले जनाएको छ। भन्सारको लक्ष्य ५१ करोड ७४ लाख ९० हजार रहेकोमा ५० करोड ९४ लाख ३४ हजार राजस्व सङ्कलन भएको भन्सार प्रमुख राजेन्द्र बस्नेतले जानकारी दिए।

मङ्गलवार सार्वजनिक प्रगति विवरण अनुसार जनकपुर भन्सार कार्यालयले ५० करोड ८७ लाख ३४ हजार २९ रुपैयाँ राजश्व सङ्कलन गरेको हो।

धनुषा प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक भुनेश्वर तिवारीले कार्यालयमा पत्रकार सम्मेलन गर्दै आार्थिक वर्ष २०८०/८१ को  कामको  प्रगति विवरण सार्वजानिक गरेका थिए।

नेपाल–भारत सीमानाकाबाट भन्सार छली गर्दै गरेको अयात–निर्यातका सामग्री नियन्त्रणमा लिएर धनुषा प्रहरीले ९ करोड ५६ लाख ३ हजार ७०२ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको उनले बताए।

पछिल्लो तीन महिनामा मात्रै ४ करोड ६३ लाख २०७ रुपैयाँ राजश्व सङ्कलन भएको पपिन एसपी तिवारीले बताए।

वनजगंलबाट गरेको काठ तस्करीबाट ९ महिनामा १ लाख १३ हजार ५ सय र पछिल्लो तीन महिनामा २ लाख ५४ हजार ४१२ रुपैयाँ गरी ३ लाख ६७ हजार ९१२ रुपैयाँ राजश्व सङ्कलन भएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै अवैध रुपमा उत्खन्न गरेको गिट्टीबालुवा प्रहरीले नियन्त्रणमा लिएर १५ लाख ८५ हजार बराबरको राजश्व सङ्कलन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा धनुषा प्रहरीले ६०७ किलो लागूऔषध गाँजा बरामद गरेको छ। पछिल्लो तीन महिनामा मात्रै ५७३ किलो गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक तिवारीको प्रगति विवरणमा भनिएको छ।

त्यस्तै ब्राउन सुगर १४१.४६ ग्राम, नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिम्पलेक्स ४९५ क्यापसुल, स्पेलेन ३४, पेण्डा जोल ईन्जेसन २६ पिस र नाईट्राजेपाम ३ हजार ५४० पिस बरामद गरेको छ।

वितेको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय धनुषामा अनुचित लेनदेन सम्बन्धी ११ सय ४५ निवेदन परेका छन्। जसमा ६०२ वटा निवेदन टुङ्गो लगाएको छ भने २० वटा निवेदनमा मुद्दा दर्ता गरेको छ। बाँकी छलफलको क्रममा रहेको छ।

यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने २८ हजार ७०४ जनालाई कारबाही गरी गत अािर्थक वर्षमा २३ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको धनुषा प्रहरीले जनाएको छ।

पछिल्लो तीन महिनामा वेवारिसे अवस्थामा फेला परेको २०२ वटा मोटरसाईकल लिलाम विक्रीबाट २४ लाख २४ हजार राजश्व सङ्कलन गरिएको छ। नौं महिनामा फेला परेको सवारीसधान निलाम पक्रियामा रहेको छ।

अदालतबाट फैसला भैइसकेको र जिल्ला प्रहरी कार्यालयमा दार्ता भएको मुद्दामा फरार ८७९ प्रतिवादीलाई फक्राउ गरिएको छ। फरार प्रतिवादीबाट १ करोड ९९ हजार ३८ हजार ८९२ रुपैयाँ जरिवना तिर्न लगाएको छ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि गत आर्थिक वर्षमा धनुषामा ७४ वटा सिसिटीभी क्यामरा जडान गरिएको छ। धनुषामा प्रहरी प्रमुखमा तिवारी हाजिर भएको तीन महिनामा मात्रै ३० ठाउँमा क्यामरा जडान गरेका छन्।

प्रकाशित: २ श्रावण २०८१ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App