२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

डाँका नियन्त्रणमा लिन महोत्तरीमा प्रहरीले चलायो गोली

लुटपाट तथा डकैतीमा संलग्न आरोपितलाई महोत्तरी प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

विभिन्न जिल्लामा लुटपाट गरी फरार रहेका सर्लाहीका लालबन्दी नगरपालिका-२ का ४० वर्षीय विजेन्द्र पासवानलाई आइतबार राति गोली प्रहार गरी पक्राउ गरेको हो।

१९ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए। उनलाई महोत्तरी र सर्लाहीको सिमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीबाट पक्राउ गरिएको महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी सन्तलाल जैसवारले जानकारी दिए।

उनका अनुसार वि.सं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका थिए।

प्रहरीको 'मोस्टवान्टेड' सूचीमा रहेका पासवान गए राती महोत्तरी( सर्लाहीको सिमानाको सितलपुर भनिने स्थानमा साथीहरूसँग भेटघाटमा थिए। प्रहरीले सूचना पाएपछि त्यहाँ पुग्दा प्रहरीलाई देख्ने बित्तिकै बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनी हानेर नियन्त्रणमा लिएको हो।

गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। उनले पटक–पटक गरी महोत्तरीमा–२, बारामा–२, सिरहामा–१, सर्लाहीमा–१ र सिन्धुलीमा–१ गरी सात वटा लुटपाट तथा डकैतीमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०८१ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App