२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

टीकापुर नगरपालिकाको कार्यालयमा फेरि आगलागी

कैलालीको टीकापुर नगरपालिकामा आइतबार पनि आगलागी भएको छ ।  पालिका भवनको दोश्रो तलामा रहेको विद्युत बोर्डमा सर्ट भएर आगलागी भएको हो ।  

कार्यालयमा विद्युत लोड बढ्दा धान्न नसकेर आगलागी भएको हुन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले बताए । ‘अघिल्लो दिन पनि दिउँसोको समयमै आगलागी भएको थियो, आज पनि माथिल्लो तलाको बोर्डमा आगलागी भएको छ’ उनले भने ‘विद्युत प्राधिकरणका अनुसार पालिकामा विद्युत आपूर्ति गर्ने ट्रान्सफर्मरको क्षमता कम र लोड बढी भएका कारण समस्या आएको हो ।’

उनकाअनुसार विद्युत प्राधिकरण कार्यालय टीकापुरले ट्रान्सफर्मर फेर्ने तयारी गरेको छ ।  

कार्यालयमा एकपछि अर्को पटक विद्युतका बोर्डहरुमा आगलागी हुन थालेपछि सेवा प्रवाह समेत प्रभावित भएको छ । दोश्रो तलामा आर्थिक प्रशासन शाखा, शिक्षा शाखा, भवन तथा शहरीकरण शाखा, योजना शाखा र आर्थिक विकास शाखा छन् ।  

यही असार २६ गते पनि कार्यालयको भुइँतलाको विद्युत बोर्डमा आगलागी भएको थियो । दिउँसोको समयमा भएको उक्त आगलागीबारे तत्काल थाह हुँदा ठूलो क्षति हुनबाट जोगिएको थियो । 

प्रकाशित: ३० असार २०८१ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App