४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरी श्रीमान् फरार

रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ तमारी चिसापानीका २७ वर्षीय दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

प्रहरी निरीक्षक भट्टराईका अनुसार ओलीले शुक्रबार राति ११ बजेतिर श्रीमतीको घाँटी रेटेर हत्या गरेको र सवलाई घरबाट सय मिटर पर खोल्सामा फालिएको अवस्थामा भेटिएको हो। हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओलीले ५ वर्षीय छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन्।

उनको खोजी कार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको भने रुकुम पूर्व अस्पतालमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। 

प्रकाशित: ३० असार २०८१ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App