४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेन

शनिवार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन। लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ। वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ।

यस्तै, शनिवार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। रासस

प्रकाशित: २३ असार २०८१ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App