१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकाका नदीमा पानी बहाव बढेपछि करिडोरमा प्रहरीले थाल्याे गस्ती

अविरल वर्षाका कारण उपत्यकाका नदी तथा खोलाहरूमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाउन थालेकाे छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए। 

उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ।’ 

उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए।

उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए। 

उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेबित्तिकै परिचालन हुन्छन्।’ 

वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ।

कतै डुबान, कतै बाढी त कतै पहिराेले प्रभावित गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २२ असार २०८१ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App