१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः राजनीतिक क्षेत्रमा दिन राम्रो छ। यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा धन आर्जन हुने योग देखिन्छ।

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। कानमा सामान्य समस्या देखिन सक्छ। वाणी सफल हुने योग छ। रोजगारीको अवसर मिल्ने समय छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः विलासी खानपानमा रूचि नगर्नु वेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। अध्ययनअध्यापनमा सफलता मिल्ने योग छ। अर्थ प्राप्त हुने समय छ।

तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य ढिला हुने छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। ब्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

वृश्चिक राशिः परिवारमा सामान्य उदररोग देखापर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रूचि बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। कार्यमा अर्थ लाभ हुने दिन छ।

धनु राशिः पढाइमा कार्यसिद्धि योग छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुने दिन छ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। वैदेशिक यात्राको समय देखिन्छ।

मकर राशिः स्वास्थ्यमा  विकार आउने देखिन्छ। उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। केही व्यक्तिले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। व्यापारमा कम फल प्राप्त हुनेछ।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रूचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिप्रमिकाका लागि राम्रो हुने दिन छ।

मीन राशिः पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। धन आउने समय छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यापार व्यवसायमा फल प्राप्तिमा केही बाधा छ। विलासी कार्य र यात्रामा विचार पुर्याउनु होला।    

प्रकाशित: २२ असार २०८१ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App