मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला । व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ । रोजगारीको क्षेत्रमा दिन राम्रो छ।
वृष राशिः स्वदेश भ्रमणको योग रहेको छ। कार्यगर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला । व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन कम हुने योग देखिन्छ।
मिथुन राशिः रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ । सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। कानमा सामान्य समस्या देखिन सक्छ। वाणी सफल हुने योग छ।
कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।
सिंह राशिः बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ । अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।
कन्या राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। अर्थ प्राप्त हुने समय छ। सामान्य चर्म रोग देखापर्न सक्छ।
तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। जीवन साथीसँग विचारमा मतान्तर हुनेछ। व्यापार व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।
वृश्चिक राशिः कार्यमा अर्थ बाधा हुने दिन छ। परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नुहोला।
धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाईमा कार्यसिद्धि योग छ।
मकर राशिः स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीहरुकालागि पढाई मध्यम रहेको छ। व्यापारमा केही बाधा छ। व्यापारमा कम फल प्राप्त हुने छ।
कुम्भ राशिः प्रेमिहरुका लागि राम्रो हुने दिन छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
मीन राशिः पढाईको क्षेत्रमा केही बाधा देखिन्छ। थोरै भएपनि धन आर्जनको समय छ तर केही व्यक्तिले उक्त धन पनि खर्च गरिदिन सक्नेछन्। आँखामा सामान्य समस्या देखिन सक्छ। बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला।
प्रकाशित: १८ असार २०८१ ०६:३६ मंगलबार