२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१४ वर्षपछि बेलायतमा लेबर पार्टीको उदय, स्टार्मर प्रधानमन्त्री बन्ने

बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीले बहुमत प्राप्त गरेको छ।

निर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले भने नराम्रो हार व्यहोरेको छ।

शुक्रवार बिहानसम्म जारी निर्वाचन परिणाम अनुसार लेबर पार्टी ६५० सिट मध्ये ३७८ सिट जितेको छ। बेलायतमा सरकार गठनका लागि ३२६ सिटको आवश्यकता हुन्छ।

सर्वेक्षणहरूले ६५० संसदीय सिट मध्ये लेबर पार्टीले ४ सयभन्दा बढी जित्ने अनुमान गरिएको थियो।

त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले जम्मा ९२ सिटमा जित हासिल गरेको छ।

सुनकले आम चुनावमा कन्जरभेटिभ पार्टीको ऐतिहासिक पराजयको जिम्मेवारी स्वीकार गरेको बताएका छन्।

निर्वाचनको अन्तिम परिणाम आजै आउने अपेक्षा गरिएको छ। लेबर पार्टीका नेता सर केयर स्टार्मर प्रधानमन्त्री बन्ने निश्चित भएको छ। बिहीवार भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको थियो।

पछिल्लो परिणाम अनुसार स्कटिस नेसनल पार्टीले ७ सिट, लिबरल डेमोक्रेट पार्टीले ५३ र अन्य पार्टीले २९ सिट जितेका छन्। मतगणना जारी छ।

प्रकाशित: २१ असार २०८१ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App