१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बमजनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद सजाय

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा दश वर्ष कैद सजायको फैसला सुनाइएको छ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि आदेश दिएको अदालतका स्रेस्तादार सदन अधिकारीले जानकारी दिए।

गत असार १० मा न्यायाधीश भण्डारीकै इजलासले बमजनलाई कसुरदार ठहर गरेको थियो। बमजनविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने र जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलिरहेको थियो।

सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा प्रहरीले गत पुस २४ गते काठमाडौँको बुढानीलकण्ठबाट उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेपछि अदालतमा पेश गरिएका बमजनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद रेग्मीको इजलासले गत पुस २६ मा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। त्यस बेलादेखि बमजन महोत्तरी कारागार जलेश्वरमा रहेका छन्।

प्रकाशित: १७ असार २०८१ २०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App