१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोपीडितलाई आर्थिक सहयोग

पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ।

गएराति फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगरे १५ हजार प्रदान गरेको हो।

प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका हुन्।

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै आमाछोरीको शव परीक्षणपछि उनीहरुका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिए।

पहिरोले ढुङ्गा, माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो। पहिरामा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८१ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App