१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अल्पसंख्यक समुदायमा न्यायको पहुँच बढाउन मुसहर बस्तीमा प्रहरी

मदिरा सेवनले असुरक्षित भएको महिलाहरूको गुनासो

सिन्धुलीको दुधौली नगरपालिका-११ मुसहर बस्तीमा पुगेका प्रहरीसँग मुसहर समुदाय । तस्बिर अनिल भण्डारी, नागरिक

अल्पसंख्यक तथा सिमान्तकृत बस्तीमा न्यायको पहुँच विस्तार गर्न प्रहरी मुसहरी समुदायमा पुगेको छ। अशिक्षा र चेतनाको अभाव रहेको मुसहर समुदायलाई न्यायको पहुँच र कानुनी सचेतना बढाउन प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका- ११ को मुसहर समुदायमा अभियान थालेको हो। 

केही वर्ष अगाडिसम्म प्रहरी देख्दा भाग्ने मुसहर समुदायले यसपटक प्रहरीलाई खुलेरै आफ्ना समस्या सुनाएका छन्। दुधौली नगरपालिका- ११ का अल्पसंख्याक मुसहर समुदाय प्रहरीसँग आफ्ना गुनासो ढुक्कले राख्न सक्ने भएका हुन्।  

दुधौली नगरपालिका- ११ एकीकृत मुसहर बस्तीकी बाशु सदाले आफ्नो समुदायमा अत्याधिक मदिरा सेवन बढेको भन्दै रोकिदिन प्रहरीसँग माग गरिन्। 'हाम्रो घर परिवार र समुदायमै मदिरा सेवन गरेर झगडा हुन्छ,' उनले प्रहरीसँग निर्धक्क भएर भनिन्, 'हामीले नखानुस् भने थप झगडा हुन्छ। जाडरक्सी सेवनले बालबच्चालाई स्कुल पढाउन समेत सकिएन।'

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अल्पसंख्याकसँग सचेतना तथा अन्तर्क्रिया कार्यक्रमअन्तर्गत मुसहर समुदायको एकीकृत बस्तीमा पुगेपछि जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेसँग स्थानीय मुसहर समुदायले आफ्नो समुदायको समस्या सुनाएका हुन्। यहाँ समस्यै समस्या भएको भन्दै एकीकृत बस्ती भएपनि हामीलाई सुरक्षा चुनौती भएको उनीहरुको गुनासो थियो । रातिको समयमा पुरुषहरु बस्तीका घरमा पस्ने गरेकाले डरत्रास भएकाले सुरक्षा दिनुपर्ने उनीहरुको माग थियो।  

सोही समुदायकै सरस्वती सदा घरमा भएका अन्नपात बेचेरै रक्सी सेवनमा पुरुषहरु जुटेकाले विकृति फैलिएको बताउँछिन्। आफूहरु प्रहरीसम्म पुग्न नसक्ने भन्दै साहुमहाजनले सापटी लिएको पैसामा समेत महंगो ब्याज लिएको गुनासो उनले गरिन्।  

खासगरी मुसहर समुदाय अशिक्षित भएकाले बाल विवाह तथा अत्याधिक मदिरा सेवनले घरपरिवार र समुदायमा झैझगडा बढेकाले नियन्त्रण गरिदिन प्रहरीसँग उनीहरुले माग गरेका छन्।  

दुधौली नगरपालिका वडा नम्बर ११ मा मात्रै ६ सयभन्दा बढीको संख्यामा मुसहरको बसोबास रहेको छ। आर्थिकरुपमा दयनीय अवस्थामा रहेका मुसहरमा जनचेतनाको कमीले उमेर नपुग्दै विवाह गर्नेको संख्या धेरै छ।  

अल्पसंख्यक सिमान्तकृत समुदाय न्यायको पहुँचबाट टाढा हुने तथा कानुनी सचेतनाको कमी हुने भएकाले आपराधिक घट्ना त्यस्ता समुदायमा बढ्न सक्ने भएकाले सचेतना दिनका लागि प्रहरी मुसहर बस्तीमा पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।  

मुसहर समुदाय न्यायको पहुँचमा छैन, त्यसैले जनचेतना दिनका लागि हामी मुसहर समुदायमा पुगेका हाँै, उनले भने, मुसहर समुदायमा सुरक्षा चुनौती रहेको हामीलाई गुनासो आएको छ त्यसलाई समाधान गर्न हामी तत्कालै टोली खटाउछौ, उनले भने।  

प्रहरीले मुसहर समुदायमा पुगेर बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो। बागमती प्रदेश सरकारले शहरी विकास कार्यालयमार्फत मुसहर समुदायमा  एकीकृत बस्तिी विकास कार्यक्रमअन्तर्गत ४३ वटा घर बनाएको थियो।  

प्रकाशित: ३ असार २०८१ १८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App