१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

६ किलो सुनसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीम जोडिएका एक चिनियाँ नागरिक काठमाडौंको कपनबाट ६ किलो सुनसहित पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले ती नागरिकलाई कपनबाट पक्राउ गरेको हो।

पक्राउ परेका नागरिकको पहिचान खुलाइएको छैन। सुनको परीक्षण हुन बाँकी रहेको र ती नागरिकबाट अन्य तथ्य पनि खुल्न बाँकी रहेकाले पहिचान गोप्य राखिएको सिआइबीले जनाएको छ।

सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा चिनिया नागरिकसम्म सिआइबी पुगेको हो। गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६० केजी सात सय ग्राम सुन बरामद गर्दा सिआइबीले कुशलतापूर्वक अनुसन्धान गरेको थियो।

प्रकाशित: ३ असार २०८१ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App