१० असार २०८१ सोमबार
image/svg+xml
समाज

वैदेशिक रोजगार विभागमा आजपा निकट आइटी आर्मीको विरोध प्रदर्शन

आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि विरोध प्रदर्शन गरेको छ।

आइतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भई उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै आइटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको जनाए।

वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गर्न आफूहरूले विरोध गर्नुपरेको उनको भनाइ थियो।

अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए।

‘हामी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध गरेका हौं, विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गराउन विरोध गरेका हौं। फ्री भिसा, फ्री टिकट जस्ता नारामा मात्र नभई व्यवहारतः कार्यान्वयन हुनुपर्छ, त्यसको पूर्णतः कार्यान्वयन नभई सङ्घर्ष जारी रहन्छ।’ उनले भने।

उनीहरुले बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगार दे, श्रमिकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर विरोध जनएका छन्।

प्रकाशित: २ असार २०८१ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App