१० असार २०८१ सोमबार
image/svg+xml
समाज

ग्यारेजमा बनाउन दिएको गाडी विक्री

ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुँले विक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि बा १९च ७४२१ नम्वरको फचुनर गाडी ग्यारेजबाटै साहुँले विक्री गरेको पाइएको हो।

कैलालीको धनगढी उपमहानगर –४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ।

सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले नेपाल अटो ट्रेडर्सका सञ्चालक देव कुमारी गतौंला, सञ्चालक कृतन गतौंला, म्यानेजर नविन चौधरी, मिस्त्री मनु अन्सारीलाई ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दिएका छन्।

सुर्खेत प्रहरी म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ। तर, संचालक देवकुमारी गतौंला उनका छोरा कृतन गतौंला फरार छन्।

उनीहरूलाई प्रहरीले खोजीकार्य गरिरहेको छ। मैले राम्रो मर्मत हुन्छ भनेर नेपाल अटो ट्रेडर्समा पठाएको थिए। पीडित खगेश्वर वान्तलाले भने, ‘लिन जाँदा बारम्बार अनेक बाहना गरेको थियो। मर्मत भइसकेको भनेपछि पैसा पनि खातामा हालेको थिए। लिन जाँदा गाडी नभेटिएपछि प्रहरीमा मुद्दा दिएको छु।’

सुर्खेत प्रहरीले आइतवार सरकारी वकिलकोमा मुद्दा पठाउने तयारी गरेको छ। स्राेतका अनुसार मिस्त्रीलाई फसाएर नेपाल अटो ट्रेडर्सका संचालक र  मेनेजरलाई बचाउने चलखेल भएको बुझिएको छ। गाडीको हालको मूल्य २ करोड ३१ लाख पर्छ।

प्रकाशित: २ असार २०८१ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App